२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले त्यागे एमाले



काठमाडौं । प्रतिनिधिसभाको सभामुख देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् । बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै आफैलेँ एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल माघ ५ मा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : १३ बजे