२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रकाश ज्वाला भन्छन्- प्रधानमन्त्रीको पार्टीले त गुन तिर्ला नि ?



काठमाडौं । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर लगाएको गुन तिर्ने बेला आएको बताएका छन् ।

सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेका समर्थक रहेका ज्वालाले बिहीबार संसदको बैठकमा अन्य दलहरुसँग मत मागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएको जस्तै मत सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले पाउनुपर्ने उनले बताए ।

एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक ज्वालाले भने, ‘कम्तीमा सम्माननीय प्रधानमन्त्रीजीको पार्टीले त गुन तिर्ला भन्ने विश्वास छ ।’

सभामुखमा सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् । प्रधानमन्त्रीको दल माओवादी केन्द्रका हितराज पाण्डे घिमिरेका समर्थक छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : ५३ बजे