२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सभामुख निर्वाचनः सरकारबाहिरका दलहरुसँग छलफल गर्दै बारे कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्ने भएको छ ।
बुधबार कांग्रेसले छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ ।

कांग्रेसले सभामुखमा आफ्नो उम्मेदवार उठाउने र उपसभामुखमा सरकारमा सहभागी नभएका कुनै दलका उम्मेदवारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारमा सहभागी नभएका दलहरुलाई बैठकमा बोलाएको र उनीहरुको छलफलबाट उपसभामुखको उम्मेदवार तय गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

सभामुखमा भने कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : १७ बजे