४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने



काठमाडौँ । नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुखमा उठाउने भएको छ। त्यसका लागि अहिले सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासहितको बैठक बस्दैछ।

सभापति देउवा, दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र प्रमुख सचेत रमेश लेखकसहितले बैठक बसेर न्यौपानेको नामलाई औपचारिकता दिने भएका छन्।

सांसद न्यौपानेलाई उठाउने कुरा करिब निश्चित जस्तै छ। अहिलेसम्मको छलफलमा उहाँको मात्रै नाम अघि बढेको छु, एक पदाधिकारीले नेपालखबरसँग भने, ुसभापतिजीसहितको बैठकबाट उहाँ ९न्यौपाने० कै नाम सभामुखको उम्मेदवारका रुपमा टुंगो गर्दैछौँ।ु

अब न्यौपाने प्रतिनिधिसभाको सभामुखका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँग भिड्ने निश्चित भएको छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : ०४ बजे