१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राप्रपाबाट उपप्रधानमन्त्रीमा लिङ्‍देन, प्रधान र पाण्डे मन्त्री बन्ने



काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी [राप्रपा]बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् । यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे सहरी विकास मन्त्री हुने भएका छन् ।

राप्रपाले सरकारलाई समर्थन गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन । अध्यक्ष लिङ्‍देनले आफूले चाहेको मन्त्रालय प्राप्त गरेपछि भने उनकै नेतृत्व राप्रपा सरकारमा सामेल हुन लागेको हो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ११ : ५६ बजे