२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

डाक्टर तोसिमा कार्कीको भागमा स्वास्थ्य राज्यमन्त्री



काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन्।

ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्कीले आजै राज्यमन्त्रीको सपथ लिन लागेकी छन्।

मेडिकल काउन्सिलकी सदस्य रहिसकेकी कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन्।

उनी चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले गरेको सत्याग्रह अभियानमा सक्रिय थिइन्।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ११ : ५० बजे