४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

घरेलु ओखतीजन्य परिकार ‘चाकु वासा’, आफन्तलाई बाँड्दाबाँड्दै बजारमा



 

काठमाडौँ। माघे संक्रान्ति विशेष चाकु प्राय लेबलिङ बिना नै बिक्रीमा राखिएको हुन्छ। धेरै हात(हातै कारोबार हुन्छ। तर कारोबार भने लाखौंसम्म हुने गर्छ। बजार ठूलो छ। तर ब्राण्डिङ गर्ने न्यून जस्तै।

तर, यही मौलिक परिकारलाई प्रमुख सामग्रीका रूपमा उपयोग गरेर २१ वर्षीया विपुल किसीले बजारमा चाकु वासास् पस्केका छन्। मिठो चाकु, स्वास्थ्यवर्द्धक स्वरुपमा। चाकु वासास्लाई उनी चाकुबाट बनेको पौष्टिक र मीठो ओखतीजन्य मिठाइका रूपमा वर्णन गर्छन्। उनका अनुसार यो परिकार चाकुमा आयुर्वेदिक ओखतीका साथै काजु, बदाम लगायतका मसलाहरू मिसाएर बनाइएको हो।

यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, निमोनिया, खोकी, सामान्य रुघाखोकी निको पार्न मद्दत गर्ने उनी दाबी गर्छन्। ‘चाकु वासास् कुनै पनि उमेर समूहकाले सेवन गर्न सक्छन्, यसले बेफाइदा गर्दैन,’ उनी भन्छन्।

चाकु वासास् कनै नौलो परिकार भने होइन। यो नेवारी संस्कृतिमा भएको खानेकुरा हो। पुराना पुस्तादेखि नयाँमा ओखतीमूलक खानेकुरा बनाउन सीप हस्तान्तरण हुँदै आएका क्रमको नितान्त घरेलु परिकार हो। तर, आजभोलि यसलाई निकै कमले मात्रै बनाउने गर्छन्। बनाउन पनि थोरैलाई मात्रै आउने विपुल बताउँछन्।

विपुलकी आमा शोभालक्ष्मी गोसाईले बेलाबखतमा चाकु वासास् घरमा आफ्नो र परिवारका लागि बनाइराख्थिन्। आफन्त, साथीभाई बिरामी हुँदा चाकु वासास् बनाएर कोसेलीका रूपमा लग्नेरपठाउने गर्थिन्। यो नितान्त घरेलु प्रयोगका लागि ओकतीजन्य परिकार थियो। पेसाले शिक्षक शोभालक्ष्मीलाई यसको पनि बजार होला भन्ने कल्पना पनि थिएन।

बजार उनलाई लकडाउनले देखायो। कोरोना महामारीले सबैलाई त्रसित बनाएको थियो। सबै जना स्वास्थ्यको रो प्रतिरोधी क्षमतालाई लिएर निकै नै सजग थिए। प्रतिरोधात्मक क्षमता बढाउने सबैको ध्याउन्न थियो।

यसैबीच एक जना आफन्तलाई निमोनिया भएको उनले खबर पाइन्। पहिला जसरी नै घरमा परम्परागत विधिबाट चाकु वासास् तयार परिन् र, पुर्‍याइन।

विपुल सम्झन्छन्, ‘उहाँले त्यो चाकु वासास् खानु त भयो नै। साथै केही बढी भएको आफ्नो फेसबुक पेजबाट बिक्रीमा पनि रख्दिनुभएछ। त्यो तुरुन्तै बिक्री मात्रै भएन, थप अर्डरहरू पनि आउन थाल्यो।’

यो देखेर यसको पनि बजार छ भन्ने विपुल र उनकी आमाले थाहा पाए। त्यसपछि घरमा नियमित बन्यो चाकु वासाः बनाउने क्रम। अर्डर अनुसार शोभाले चाकु वासास् बनाउँदै बेच्दै गरिन्।

विपुल भन्छन्, ‘सुरुमा त हामीले नर्मल प्याकेजिङ प्रायजसो दहीको बट्टा नै प्रयोग गरेर बेच्यौं, सुरुवातमा लिने धेरैजसो आफन्त र चिनजानका हुनुहुन्थ्यो। कारोबार विस्तारै बढ्यो। साथै हामीले फेसबुक तथा इन्स्टाग्राम पेजबाट पनि बिक्री गर्न थाल्यौँ।’

विपुल आफैं काठमाडौंमा डेलिभरी गर्न हिड्ने गर्थे। शोभालक्ष्मीको रेसिपी परम्परागत थियो, खानेले सल्लाह पनि दिँदै गए। फीडब्याक परम्परागत रेसीपीलाई ध्यानमा राखेर बनाउने, नयाँ तरिकाबाट प्याकेजिङ गर्ने क्रम सुरु भयो। चाकु वासास्को गुणस्तरमा धेरै ध्यान दिएको विपुल बताउँछन्, ‘हामीले पहिला(पहिला बनाउने जसरी नै तामाको भाडामा यसलाई बनाउँछौं। यसको कन्सिसटेन्सीमा ठिक बनाउन पनि केही समय लाग्यो।’

आमाबुबा दुवै पेसाले शिक्षक। बिजनेसको केही आइडिया नै नभएको विपुल बताउँछन्। स्नातकमा डेभलपमेन्ट फाइनान्स पढ्दै गरेका विपुललाई आफ्नो रोजाइको विषयले व्यवसाय अघि बढाउन निकै सहयोग भयो। बजार राम्रो देखेपछि उनले राम्रो प्याकेजिङ तथा ब्राण्डिङमा काम सुरु गरे।

अहिले चाकु वासास् २५० ग्राम ९३०० रुपैयाँ०, ५०० ग्राम ९६०० रुपैयाँ० र एक किलो ९१२०० रुपैयाँ० गरेर तीन वटा बट्टामा प्याक भएर आउँछ। अझ त्यसमा चाकु वासास् को बारेमा वर्णन गरेर लोक्ता कागजमा नोट पनि राखेर हकुपटासीको कपडाले बनेको थैलोमा प्याक गरेर दिइन्छ। यसलाई ६ महिनासम्म सेवन गरिसक्नुपर्ने हुन्छ।

चाकु वासास्को सोसल मिडिया पेजबाटै अर्डर गर्न सकिन्छ। पसलबाट खरिद गर्न चाहनेका लागि झम्सीखेलको कुटो अर्गानिक र बानेश्वरको उर्बर बजार लगायतका मार्टहरूमा पाइने विपुल बताउँछन्।

प्याकेजिङ तथा ब्राण्डिङमा काम पुरा गरेर डिसेम्बर २०२० मा चाकु वासास्ले औपचारिक व्यवसायिक यात्रा तय गर्‍यो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पनि यसको ल्याब टेस्ट गराएर दर्ता गरेको विपुल दाबी गर्छन्।

‘यो प्रोडक्टलाई व्यवस्थित तरिकाले बजारीकरण गर्न हामीलाई निकै समय लग्यो। तीन(चार महिना नै चक्कर लगाउनु परेको थियो। यो मौसमी उत्पादन हो, जाडोमा बढी बिक्री हुन्छ, गर्मीमा कम,’ उनी भन्छन्, ‘यसको औपचारिकरूपमा बजार लन्चिङको कार्यक्रम गर्न पनि ढिला भयो।’

उत्पादनलाई बजारमा मन पराइने तरिकाको प्याकेजिङ तयार गर्न निकै सास्ती भोग्नु परेको उनको अनुभव छ। ‘प्रोडक्टलाई प्याकेजिङ कस्तो हुन्छ, त्यसले पनि बजारमा सजिलो(अप्ठ्यारो हुन्छ,’ उनी सुनाउँछन्, ‘म्याच हुने प्याकेजिङ छनोट गर्न र खोज्न हामीलाई गाह्रो भएको थियो।’

चुनौतीहरूलाई पार लगाउँदै चाकु वासास्को कारोबार दिनप्रति दिन अघि बढ्दै छ। पाँच हजारको लागतमा घरकै भान्साबाट सुरु भएको व्यवसायमा अहिले मासिक सरदर ६० हजार रुपैयाँसम्म नाफा हुने गरेको विपुल सुनाउँछन्। हाल महिनाको ६० देखि १०० किलोसम्म उत्पादन गरेर बिक्रीका लागि पठआउने गरिएको छ।

चाकु वासाः लाई उपत्यकाका उपभोक्ताले चिनेका छन्। उपभोक्ताहरू धेरैजसो २५ वर्ष माथिका महिला र वृद्धवृद्धा रहेको फीडब्याकबाट विपुलले थाहा पाएका छन्। गिफ्टका लागि पनि धेरैले चाकु वासास् किन्ने गरेका छन्। नेपाल बाहिर अस्ट्रेलिया, जर्मनी, अमेरिका लगायतका देशहरू पनि चाकु वासास् पुगेको छ। माघेसंक्रान्तिका लागि मक्कुसेले आफ्नो प्रोडक्टसँगै चाकु वासास् पनि प्याकेजिङमा बिक्री गरिरहेको छ।

चाकु वासास् ले बजार लिनुमा उनी ग्राहकहरूको मुखाग्रे प्रचारलाई श्रेय दिन्छन्। व्यवसायको वृद्धिलाई ध्यानमा राख्दै हाल विपुल र उनको परिवार कारखाना किचेन बताउने तयारीमा छ। साथै चाकु वासास् नै राखेर इनर्जी बार लगायतका अन्य उत्पादनका सम्भावनामाथि छलफल गरिरहेका छन्।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : २४ बजे