४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अनमोलको ‘छड्के २’मा भिटेनको र्याप



काठमाण्डौँ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ फागूणको १९ गतेबाट रिलिज हुँदैछ । यो फिल्म निर्माण सुरु भएदेखि नै चर्चामा छ । ५ दिने बिदामा फिल्मले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यसैबिच, यो फिल्ममा र्यापटर भिटेनले नयाँ गीत तयार पारेका छन् ।

उनले बुधबार एक र्याप गीतमा स्वर दिए । यो गीतमा शब्द तथा संगीत पनि भिटेनकै छ । कथा सुहाउँदो भएका कारण आफूहरुले भिटेनको गीत फिल्मका लागि समावेश गरेको निर्माता प्रशान्त गिरीले जानकारी दिए ।

ग्याङटार जनराको यो फिल्ममा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको मुख्य भूमिका छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको छायांकन चितवन र मुस्ताङमा गरिएको हो ।

काभ्रे फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा मेधा प्रोडक्शन र निर्भाना स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्भाना स्कुल र लक्ष्मण काफ्ले छन् । यो बदालको कथामा तयार भएको ग्याङस्टार जनराको फिल्म हो ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : २४ बजे