२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त



सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले आजै २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् ।

माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम ९२० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कर्णालीमा माओवादी र एमालेबीच साढे २र२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ३२ बजे