२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बाबुराम राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने पक्षमा



काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूले राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि भन्दै प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार लेख्दै भट्टराईले खुट्टा तानातानको समय खेर फालेर राष्ट्रिय सहमतिको सरकार बनाउनतिर जान सुझाएका हुन् ।

‘विश्वव्यापी आर्थिक मन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्प विकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न सक्दैन’ ट्विटरमा लेख्दै भट्टराईले भनेका छन्, ‘अतः खुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि रु’

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : ४४ बजे