२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रधानमन्त्रीले सामाजिक सञ्जाल र युट्युबसंग सचेन रहन किन भने ?



काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्नु बाध्यता भएको बताएका छन्।
नेपाल पत्रकार महासंघको टोलीसँग उनले जनमतबाट निर्वाचित शक्ति भएका कारण संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्न बाध्य भएको बताएका हुन्।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टका अनुसार महासंघका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र कट्टर विरोधीबीच कसरी गठबन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए।

जवाफमा उनले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लाई एकगठ गर्न बाध्य भएको बताएका थिए।

‘हिजो प्रधानमन्त्रीसँगको भेटमा महासंघ पदाधिकारीले प्रधानमन्त्रीलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र यसका कट्टर विरोधीबीच कसरी गठबन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए,’ विष्टले भने, ‘जवाफमा प्रधानमन्त्रीले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले उनीहरुसँग (राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई) एकगठ गर्न बाध्य भएको बताउनुभयो।’

महासंघको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल र युट्युबले जनमत बदल्ने गरेको भन्दै सचेत हुनु पर्नेमा पनि जोड दिएका थिए। सामाजिक सञ्जालले बदल्ने जनमत अस्थायी हुने भए पनि नियमन जरूरी रहेको उनको भनाइ थियो।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  २ : ५९ बजे