४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चुनौतिकाविच १३ औं कपिलवस्तु महोत्सव, ३०० बढी स्टल रहने



कपिलवस्तु ।

आगामी माघ १७ गतेदेखि २९ गतेसम्म हुने १३ औं कपिलवस्तु महोत्सवमा ३ सय बढी स्टल रहने भएका छन् । महोत्सवमा कृषि सामाग्री, कृषि उत्पादन, कृषि आधुनिक यन्त्र, कृषि उपकरण, स्थानीय लघु उद्यम, दैनिक उपाभोग्य सामाग्री, सुचना प्रविधि, खाद्धान्ह तथा लत्ताकपडा इत्यादिका गरी ३ सय ५० स्टल रहने आयोजकले हाम्रो रोजगारीलाई बताए ।

अहिलेका स्टललाई गत बर्षको भन्दा फरक तवरले व्यवस्थापन गनिन लागेको स्टल संयोजक मदन पौडेलले बताए । यसपटक स्टलको सजावट, स्टलधनीको सुरक्षा र सहज आवतजावतलाई विशेष ध्यान दिइने हुँदा ढुक्क भएर महोत्सवमा ब्यापारको लागि आउन पौडेलले व्यवसायीलाई अनुरोध गरे । स्टलमा स्थानीय व्यवसायीलाई प्राथमिकता दिइने उनको भनाई छ ।

बाणगंगा ४ मा रहेको बुद्धरंगशालामा हुने महोत्सव स्थललाई आकर्षक बनाउन अहिले बिभिन्न कामहरु भइरहेका छन् । हाल ब्राउन्ड्री निर्माणको काम भइसकेको र अरु काम पनि सुरु भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष एवम् मेला संयोजक डोलकराम घिमिरेले बताए ।

मुलुकमा देखिएको आर्थिक संकटकाबीच महोत्सवको परम्परा बचाउन र यस क्षेत्रका दर्शकलाई निरास नपार्नको लागि आफूहरु जसरी पनि महोत्सव सफल बनाउनतर्फ लागेको संयोजक घिमिरेले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविलाल रेग्मीले यसपटकको महोत्सवलाई फरक बनाउने गरी आयोजकले तयारी गरिरहेको बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले महोत्सव सबैको भएकाले सहयोग गर्न सबैलाई अनुरोध गरे । महोत्सवले यस क्षेत्रको व्यापार, व्यवसायदेखि पर्यटन प्रवद्र्धनमा जोड दिने उनको भनाई छ ।

यसअघि १३ औं कपिलवस्तु महोत्सव मंसिर १९ गतेदेखि नै संचालन गर्ने भनिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा अन्य विविध कारणले मिति सरेको थियो ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  २ : ४७ बजे