४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणगंगा मौरीपालक सहकारीको १५ औँ साधारण सभा सम्पन्न



कपिलवस्तु ।

बाणगंगा मौरीपालन तथा महत उत्पादक सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष लिलापति घिमिरेको अध्यक्षता र ज्येष्ठ शेयर सदस्य नित्यानन्द ज्ञवालीको उद्घाटनमा बुधबार सम्पन्न साधारण सभामा अध्यक्षको बार्षिक प्रतिवेदन, सचिवको प्रगतिप्रतिवेदन र कोषाध्यक्षको आय–ब्यय प्रतिवेदन सर्वसम्म पारित भएका छन् ।

सहकारीका अध्यक्ष घिमिरेले आजसम्म सहकारीले गरेका गतिविधि, क्रण लगानी, आर्थिक अवस्था लगायतका बारेमा जानकारी गराएका थिए । शेयर सदस्यले सहकारीको प्रगतिको बारेमा आफ्ना धारणा र सुझाव दिएका थिए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ५७ बजे