२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी संस्थामा पुनः शाहको नेतृत्व



कपिलवस्तु । कपिलवस्तु बाणगंगामा रहेको बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी संस्थाको अध्यक्षमा पुनः राजेन्द्र विक्रम शाह चयन भएका छन् ।

मंगलबार भएको तेस्रो अधिवेशनले शाहलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  नगरको ठूलो खानेपानी संस्थाको रुपमा रहेको भुपुमा झण्डै तीन हजार उपभोक्ता छन् ।

खानेपानी संस्थाको स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका शाह जिल्लास्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष समेत हुन् ।

यस्तै भुपु सैनिक खानेपानीको उपाध्यक्षमा झलक मल्ल, सचिवमा कृष्ण बहादुर शाही, कोषाध्यक्षमा राममाया रानासहित १५ सदस्यिय कार्यसमिति चयन गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : १५ बजे