३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

जसले दुवै हात गुमाइन् तर गला गुमाइनन् र जितिन् प्रदर्शनी आइडलको ताज



हाम्रो रोजगारी, बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा भएको प्रदर्शनी आइडलको ताज कपिलवस्तुकी रुपा रौतारले चुमेकी छन् । मंगलबार भएको फइनलमा उनले उपाधि चुमिन् । उनी दुवै हात गुमाएकी प्रतिभा हुन् । उपाधी बिजेता रुपा रौताले नगद पुरस्कार रु। १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् ।

आइडलको दोस्रो उपाधी अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । द्वितीय उपाधीको पुरस्कार रु।५५ हजार ५ सय ५५ रहेको छ भने एन्जिला क्षेत्री खत्रीले रु। ३३ हजार ३ सय ३३ पुरस्कार रहेको तेस्रो उपाधी प्राप्त गरेकी छन् ।
कार्यक्रममा प्रदर्शनी मूल आयोजक समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, प्रदर्शनी आइडल प्रायोजक एभरेष्ट होटल इनका संचालक बालाराम भट्टराई, प्रदर्शनी आइडलका संयोजक तिलक नेपाली लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।–२०७९ को आज ९मंगलबार० समापन हुने भएको छ ।

प्रदर्शनीको सोमबारसम्म करिव ५ लाख दर्शकले अवलोकन गरेको सचिवालयले जनाएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीले आयोजकले सोचेभन्दा प्रदर्शनी तथा महोत्सव अत्यधिक सफल भएको बताउनु भयो ।

प्रदर्शनी सकिन १ दिन मात्र बाँकी रहँदा सोमबार पनि प्रदर्शनी अवलोकन गर्ने दर्शकको अत्यधिक चाँप रहेको थियो । प्रदर्शनी समापन हुने दिन नजिक आउदैगर्दा अवलोकनकर्ताहरुले सामान खरिद धेरै गरेका भेटिन्थे । अगाडीका दिनमा दर्शकहरुको भिड भएका कारण खरिद गर्न असहज भएका कारण पछिल्लो दिनमा दर्शकले चासोपूर्वक अवलोकन गर्नुका साथै सामान खरिद गर्ने तर्फ ध्यान दिएका थिए ।

नया व्यवस्थापन र आधुनिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको यस पटकको आयोजना बुटवलमा हालसम्म सम्पन्न भएका प्रदर्शनी, मेला एवं महोत्सवहरुमध्ये सबै तर्फबाट उत्कृष्ट बनेको प्रदर्शनी प्रबन्धक यादव भण्डारीको भनाई छ ।

प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठानका उत्पादनहरु ४१५ वटा स्टलहरुमा सहभागी गराएको भण्डारीले जानकारी दिनुभयो । जस अन्तरगत खाद्यान्न, हस्तकला, बेकरी÷अचार÷आइक्रिम, कृषि, घरायसी÷सौन्र्दय, जुत्ता÷चप्पल, गार्मेन्ट, उद्योग÷प्रविधि उद्योग र होटल गरि छुट्टा छुटै पेभिलियन बनाइएको थियो । सचिवालयका अनुसार क्षेत्रगत रुपमा प्रदर्शनीमा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको छ ।

समापन समारोहमा उत्कृष्ट स्टल एवं उद्योगी, सहयोगी संघसस्था लगायत विभिन्न व्यक्तिहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
बुटवल मण्डपमा निमार्णाधिन अवस्थामा रहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक प्रदर्शनीको आयोजना गर्ने अवसर प्राप्त भएको र केन्द्रको भौतिक निमार्णको काम पुरा नभएको अवस्थामा पनि अथक परिश्रमबाट आधुनिक स्टल निमार्ण गरि नयाँ ढंगले प्रर्दशनी सम्पन्न गनृ सफल भएको सदस्य सचिव हरि बहादुर खत्रीले बताउनु भयो ।

प्रदर्शनीमा समावेश गरिएका सबै प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : ४८ बजे