४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिदै



काठमाडौं । चर्चित मोडल एवं युट्यबर सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिन लागेको उनले सामाजिक सञ्जाल फेसवुक मार्फत सार्वजनिक गरेकीन छिन् । कोरोना महामारी ९कोभिड–१९० का कारण जारी लकडाउनमा गाउँ (बझाङ) मा रहेकी सोनिकाले आफु छिटटै विवाहिक जिवनमा प्रवेश गर्न लागेको बताएकी हुन । बझाङमा रहेकी सोनिकाले पछिल्ला दिनहरुमा लगातार आफ्ना तस्वीरहरु सेयर गर्दै आएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्ना थुप्रै तस्वरिहरु साझा गर्दै आएकी छिन् ।

उनले विहेका लागि तयारी हुँदै गरेको तर कहिले हुने भन्ने कुरा पक्का नभएको जवाफ फर्काइन् । अहिले सामाजिक कार्यमा पनि संलग्न सोनिका पुजा रोकायका नामले पनि चर्चामा रहेकी छिन् । उनी विभिन्न समयमा विभिन्न कारणबाट सामाजिक सञ्जालमा विवादास्पद किसिमको भडकिलो कार्य गदैँ सामाजिक सञ्जालमा आफनो आधिपथ्य जमाउदै आएकी थिइन ।

उनी समयसमयमा विभिन्न कारणले गर्दा विवादमा पनि पर्दै आएकी छिन् । उनले को सँग र कहिले विहे हुन्छ भन्ने विषयमा केही खुलाइनन् । तर उनका अनुसार उनले आफ्ना फ्यानहरुका लागि यस वर्ष नै शुभ समाचार दिने तयारी रहेको उनले बताइन । उनी निकट स्रोतका अनुसार सोनिका केही समय देखी प्रेममा रहेको र यसै बर्ष उनको लगन गाठो गासिनेमा दुईमत नरहेको स्रोतको दावी छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १२ : १४ बजे