२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सभामुखका लागि मधेस प्रदेशमा पुस ३० गते मनोनयन दर्ता हुने



जनकपुरधाम । मधेस प्रदेशको सभामुख तथा उपसभामुखका लागि पुस ३० गते मनोनयन दर्ता हुने भएको छ। शुक्रबार नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेसँगै शनिबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो।

सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका हुन्। १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९र९ जना सांसद छन् ।

यस्तै, नेकपा एसका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १र१ जना सांसद छन् भने ५ जना स्वतन्त्र सांसद हुन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ०० बजे