२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

संसदीय दलको नेतामा जम्मकट्टेल सर्वसम्मत



काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशसभा संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।

शनिबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले जम्मकट्टेललाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रदेशसभा सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

२०७४ सालमा पनि बागमती प्रदेशसभा सदस्यमा धादिङबाट निर्वाचित जम्मकट्टेल प्रदेशको आन्तरिक मामिला र आर्थिक मामिला मन्त्री भइसकेका छन् ।

माओवादीको बागमती प्रदेशसभा संसदीय दलको नेतामा जम्मकट्टेलसँगै गंगा श्रेष्ठ, सरल सहयात्री पौडेल र युवराज दुलाल पनि आकांक्षी थिए । अन्तिममा जम्मकट्टेल सर्वसम्मतिबाट नेता चयन भएका हुन् ।

संसदीय दलको नेताका आकांक्षी सरल सहयात्री पौडेलले भने जम्मकट्टेलले छिर्के लगाएर दलको नेता जितेको आरोप लगाएका छन् । ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिदैन । जबसम्म मन जितिदैन केही पनि जितिदैन । म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउदै कुदिरहेको धावक हुँझ उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ५० बजे