२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बैङ्कको ब्याज आतंकविरुद्ध चार नम्बरमा प्रर्दशन हुँदै



हाम्रो राजगारी, चारनम्बर । बैङ्कहरुको चर्को ब्यादर घटाउन माग गर्दै कपिलवस्तुका ब्यवसायीले आइतबार (भोलि) प्रदर्शन गर्ने भएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघको नेतृत्वमा ब्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर चार नम्बर चोकमा विहान साढे ११ बजे प्रदर्शन गर्न लागेका हुन् ।

बैङ्कहरुको ब्याज आतंकले ब्यवसायीहरु पलायन हुने स्थितिमा पुगेको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैङ्कलाई दबाब सिर्जना गर्नको लागि व्यवसायीहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको संघका महासचिव मनोज पौडेलले हाम्रो रोजगारी डटकमलाई बताउनु भयो । उहाँले भोलिको कार्यक्रममा ब्यवसायी मात्र नभएर बैङ्कका चर्को ब्याजदरको मारमा परेका सबैलाई सहभागि हुन आग्रह गरे । केहीछिन हातमा कालो पट्टी बाँध्ने र त्ययसपछि आफ्ना कुराहरु राख्ने छोटो कार्यक्रम भएको महासचिव पौडेलले बताए ।

संघका अध्यक्ष डोलकराम घिमिरेले ब्यवसायीका यी मागहरु सम्बोधन गर्नतर्फ राज्यले ध्यान नदिए ठुलो दुर्घटना हुनसक्ने बताए । बैङ्कहरुको ब्याजदर आतंकका कारण कोरोनापछि उठ्न लागेका ब्यवसायी पनि झन् मारमा परेको घिमिरेले बताए । भोलिको कार्यक्रम ब्यवसायीको मात्र नभएर आर्थिक मारमा परेका सबैको भएको उनले बताए ।

नोटः यो डिजिटल अनलाइन पोर्टल नितान्त अर्थरोजगार, ब्यापार ब्यवसायकेन्द्रित भएको हुँदा आफ्नो ब्यवसाय प्रवद्धन गर्न हामीलाई सम्झनुहोला । त्यसको लागि ९८४७०७१३८९ र ९८५७०३९९३९ मा सम्पर्क गर्नुहोला । 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ५ : ३५ बजे