२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी



काठमाण्डौँ । अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त हुनुभएको छ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई सो जिम्मेवारी तोकेको हो।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ०६ बजे