४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रवि लामिछानेले मागे ‘उपप्रधान तथा गृहमन्त्रालय’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका छन् ।

संसद भवन परिसर, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा रविले आफ्नो दाबी पेश गरेका हुन् ।

उनका अनुसार रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिने, उद्दारका लागि संयन्त्र बनाउने, स्टार्टअपलाई विशेष कार्यक्रम बनाउनुपर्ने शर्त पनि राखेको छ ।

लामिछानेको दल सरकारलाई समर्थन गर्ने एमाले र सरकारको नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रपछिको तेस्रो ठूलो दल हो ।

प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरकारमा नजाने बताएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : ५९ बजे