२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

मेलम्चीमा आपत्कालीन सम्पर्क नम्बरको सूची निर्माण



सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकामा विपद्को समयमा आवश्यक सहयोग, समन्वय, सूचना सम्प्रेषण तथा सम्पर्क गर्नका लागि आपत्कालीन सम्पर्क नम्बरको सूची निर्माण भएको छ ।

नगरपालिकाले आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापनापश्चात सम्पर्क नम्बरको सूची तयार पारेको हो। यस्ता आकस्मिक नम्बर प्रत्येक वडा तथा मुख्य बजारमा उपलब्ध गराउने प्रक्रियमा केन्द्र रहेको मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए।

यसका साथै आगामी दिनमा आकस्मिक टोल फ्री नम्बरको व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ। २४सै घण्टा विपदबारे जानकारी, सूचना उपलब्ध गराउन सक्ने व्यवस्था गर्नेतर्फ यस केन्द्रले तयारी गरिरहेको दुलालले बताए।

यसबाट विपदबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विश्वास पालिकाले लिएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ३३ बजे