२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

लुम्बिनी प्रदेशमा को बन्ला मुख्यमन्त्री ?



बुटवल । केन्द्रीय राजनीतिमा सरकार गठनको सहमति जुटेसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि समीकरण सहज भएको छ । आइतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ७ राजनीतिक दलको नयाँ गठबन्धन तयार भएपछि लुम्बिनीमा सरकार गठन सहज भएको हो ।

८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्याउन ४४ सांसदको आवश्यकता पर्दछ । केन्द्रीय राजनीतिमा एमाले–माओवादीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनता समाजवादी पार्टी ९जसपा०, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी मिलेर जानेभएपछि लुम्बिनीमा बहुमत पुर्याउन सहज भएको हो । नयाँ बनेको गठबन्धनसँग लुम्बिनी प्रदेशसभामा ५२ जना सांसद रहेका छन् ।

प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमालेसँग २९, माओवादी केन्द्रसँग ९, राप्रपासँग ४, नागरिक उन्मुक्ति पार्टीमा ४, जसपासँग ३ तथा जनमत पार्टीमा ३ सांसद रहेका छन् । गठबन्धनमा रहेको रास्वपा पार्टीको भने लुम्बिनी प्रदेशसभामा सांसद छैनन् । लुम्बिनीमा दोस्रो दल नेपाली काँगेससँग २७, लोसपाको ३, जनमोर्चा र नेकपा एसमा १र१ जना सांसद रहेका छन् । प्रत्यक्षतर्फ निर्वाचित भएका स्वतन्त्र उम्मेदवार ३ जना छन् । यद्यपी स्वतन्त्र उम्मेदवार भई विजयी भएका सांसदहरु नेकपा माओवादी केन्द्रबाट आएकोहुँदा उनीहरु पनि सोही दलमा पुनः समाहित हुने सम्भावना बलियो छ ।

सरकार गठनका लागि केन्द्रको निर्णयले सहज भएसँगै लुम्बिनीका नेताहरु टेलिफोन वार्ता तथा भेघाटमा जुटेका छन् । अधिकांश नेताहरु आइतबार दिउसोदेखि नै अनौपचारिक छलफलमा रहेका उनीहरुका फोन नम्बर व्यस्त भैरहेका छन् । सरकार गठनका लागि बहुमत सजिलै जुटेपनि गठबन्धनमा धेरै दलहरु हुने भएपछि मन्त्रिमण्डल जम्बो नै हुने देखिएको छ । सबै पार्टीलाई भाग पुर्याउँदा मन्त्रिमण्डल जम्बो हुनुका साथै भागबण्डामा समेत केही सकस हुने संकेत देखिएका छन् ।
लुम्बिनीमा को बन्ला मुख्यमन्त्री रु

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमाले भएका कारण अबको नेतृत्व पनि उसैले पाउने सम्भावना बलियो देखिएको छ । केन्द्र सरकारमा माओवादी केन्द्रले नेतृत्व गरेपछि प्रदेश सरकारको नेतृत्व एमालेले पाउने सम्भावना बलियो भएको एमाले पोलिट व्युरो सदस्य तथा लुम्निी प्रदेशसभा सदस्य लिला गिरीले बताए । एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए लीला गिरी मुख्यमन्त्री बन्ने सम्भवना बढी छ । यद्यपी उनीसँगै अघिल्लो कार्यकालमा नेकपा एमाले संसदीय दल लुम्बिनीका प्रमुख सचेतक बनेका भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीका लागि दाबेदार छन् ।

पार्टी महासचिव शंकर पोखरेलको विश्वास पात्रका रुपमा देखिएका ढकाललाई मुख्यमन्त्रीको रूपमा बल पुग्ने देखिन्छ। हालसम्म एमालेले लुम्बिनीमा संसदीय दलको छनोट नगरेको हुँदा अहिले नै कसले नेतृत्व गर्ने भन्ने विषयमा बताउन नसकिने नेता गिरीले बताए । लुम्बिनीमा पार्टीभित्रको वरियता अनुसार नेता गिरीले नै संसदीय दलको नेता हुन पाउने देखिएकाले उनको सम्भावना बढी देखिन्छ । नेता गिरीले आफूले संसदीय दलको नेता बन्नका लागि स्वभाविक देखिए पनि पार्टीको निर्णय नै अन्तिम हुने उल्लेख गरे ।

लुम्बिनीमा मुख्य मन्त्रीको दाबी गर्ने अर्को दल नेकपा माओवादी केन्द्रले पनि हालसम्म संसदस्य दलको नेता चयन गरेको छैन । केन्द्रीय राजनीतिमा भएको समीकरण र सहमती अनुसार नै लुम्बिनीमा कुन दलले नेतृत्व गने भन्ने बारे टुङ्गो लाग्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य बसन्त घर्तीले बताए । उनले पार्टीको निर्णय र गठबन्धन दलहरु बीचको सहमतीका आधारमा अघि बढ्ने उल्लेख गरे । यद्यपी माओवादीले मुख्यमन्त्री पाएको खण्डमा रोल्पा १ ९१० बाट विजयी भएका जोख बहादुर महरा मुख्यमन्त्री बन्ने सम्भावना बढी रहेको नेताहरुले अनौपचारिक कुराकानीमा बताउने गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : १५ बजे