३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

संसारमा १ सय ९५ देश छन्, लुम्बिनीमै सय देशको सम्झना !

लुुम्बिनी– संसारमा १ सय ९५ देश छन्। यीमध्ये कति देशले नेपाल चिनेका होलान्? जबाफ खोज्न कठिन छ। नेपालबारे थाहा नपाए पनि बुद्ध र लुम्बिनीलाई भने आधाभन्दा बढी विश्वले चिनेको रहेछ। विश्वमा अस्तित्वमा रहेका १ सय ९५ मध्ये आधाभन्दा बढी अर्थात् एक सय देशका नागरिकले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेकेर आफ्नो देशको सम्झनास्वरुप पैसा छाडेर गएका छन्।…