२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या सुन्न २४ घण्टे हटलाइन



काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या सम्बोधनका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालन गर्ने भएको छ ।

शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।

यस्तै उहाँले श्रमिकका समस्या सुन्न र समाधान गर्नका लागि विदेशमा रहेका नेपाली दूतावासमा रहेका श्रम डेस्कलाई थप व्यवस्थित बनाइने घोषण गर्नुभएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ७ : ०४ बजे