२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

डाक्टरको घरमा वीर अस्पतालकी नर्स मृत भेटिएपछि



काठमाडौँ । काठमाडौंमा एक नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्। वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

उनीहरु एकअर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्माहत्या गरेको आशंका प्रहरीले गरेको छ।

काठमाडौं बोहराटारस्थित घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।

घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ४१ बजे