३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

प्रभु बैंकको सवा २ लाख कित्ता सेयर बिक्रीमा, प्राथमिकतामा संस्थापक



काठमाडौं। प्रभु बैंकका संस्थापकले २ लाख १३ हजार कित्ता सेयर बिक्री गर्ने भएका छन्। सेयर खरिद गर्न पनि विद्यमान संस्थापकलाई नै प्राथमिकता दिएको छ।

बैंकका पाँचजना संस्थापकले आफ्नो स्वामित्त्वमा रहेको सेयर बिक्री गर्ने भएका हुन्।

खरिद गर्न इच्छुकले आगामी ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ। पर्याप्त आवेदन नपरे सर्वसाधरण र संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ।

सेयर किन्ने मूल्य तथा कित्ता खुलाएर विवरण सहित निवेदन दिनुपर्ने बैंकले जानकारी दिएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : ३८ बजे