३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने गरी लुम्बिनीमा आज नयाँ सरकार बन्दै



बुटवल । लुम्बिनीमा आज बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठनको तयारी अगाडि बढेको छ ।

चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै ५३ सांसदको हस्ताक्षरसहित दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलवार सरकार गठनको आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले आज बिहीवार अपराह्न ४ बजेसम्मका लागि समय दिएका छन् । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले दिउँसो १ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी रहेको जानकारी दिए । ‘कांग्रेस र माओवादीबीच आलोपालो प्रदेशको नेतृत्व गर्ने साझेदारी भएको छ,’ बरालले लोकान्तरसँग भने, ‘त्यहीँ सहमति अनुसार हामी अघि बढेका छौं ।’

माओवादीभित्र एमाले सरकारमा सहभागी भएदेखि नै मन्त्री र मन्त्रालय बाँडफाँटमा निरन्तर विवाद देखिएको छ । यसपटक पनि माओवादीभित्र संसदीय दलको नेता फेर्ने भन्दै एक समूहले निरन्तर दबाब दिँदै आएको थियो । माओवादी संसदीय दलको नेता जोखबहादुर महरा छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४र४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का ३र३ जना, राष्ट्रिय जनमोर्चाका १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र १ सांसद रहेका छन् । नेकपा एमालेले प्रदेश प्रमुखले १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गरेकोप्रति आपत्ति जनाएको छ । एमालेले संविधानको धारा १६८९३० अनुसार सरकार गठन हुनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ४३ बजे