३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मुख्य खबर

नौ वाणिज्य बैंक ऋण दिन नसक्ने अवस्थामा, दिन सक्ने स्थितिमा कुन–कुन ?



काठमाडौँ । पछिल्लो समय ब्याजदर घट्न थाले पनि नौ वाणिज्य बैंक कर्जा दिन नसक्ने अवस्थामा देखिएका छन्। हिमालयनसहित ९ वाणिज्य बैंक कर्जा दिन नसक्ने अवस्थामा देखिएका हुन्।

यतिबेला हिमालयन बैंक, नबिल बैंक, एनएमबि बैंक, सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक कर्जा दिन नसक्ने अवस्थामा छन्।

चैतसम्म यी बैंकहरुको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० कसिलो हुँदा ऋण दिन नसक्ने भएका हुन्।

२०७९ चैत मसान्तसम्ममा हिमालयन बैंक कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ९० माथि छ। त्यसैगरी अन्य आठ बैंकको सीडी रेसियो ९० हाराहारीमा देखिन्छ।

जसकारण हिमालयनसहित ९ वाणिज्य बैंक कर्जा लगानी गर्न नसक्ने भएका हुन्। केन्द्रीय बैंकले बैंकहरुलाई सीडी ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ।

कर्जा निक्षेप अनुपात ९० माथि हुँदा भने केन्द्रीय बैंकले कारबाही गर्ने गर्दछ।

चालू आवको दोस्रो त्रैमासिकमा सीडी रेसियो मेन्टेन्ड गर्न नसक्दा आधा दर्जन वाणिज्य बैंकलाई नगद जरिवाना समेत गरेको छ।

केन्द्रीय बैंकले हालै सीडी रेसियो मेन्टेन्ड गर्न नसकेका हिमालयन बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल बैंक र प्रभु बैंकलाई करिब १५ करोड जरिवाना गरेको छ।

सीडी रेसियो जति कम हुन्छ त्यति नै बैंकहरु ऋण लगानी गर्न सक्दछन्।

१२ बैंक सहजै ऋण प्रवाह गर्न सक्ने अवस्थामा
२०७९ चैतसम्ममा १२ बैंकहरु सीडी रेसियो सहज देखिएको छ।

चैत मसान्तसम्मलाई हेर्दा नेपाल एसबीआई बैंक, नेपाल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया, लक्ष्मी बैंक, सानिमा, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक कर्जा लगानी गर्न सक्ने अवस्थामा छन्।

यी वाणिज्य बैंकको सीडी रेसियो न्यूनतम ७७ प्रतिशत देखि अधिकतम ८६ प्रतिशतसम्म छ। जसकारण यी बैंकहरु कर्जा प्रवाह गर्न सक्ने अवस्थामा देखिएका छन्।

कुन बैंकको सीडी रेसियो कतिरु
२०७९ चैतसम्ममा कृषि विकास बैंक सीडी रेसियो ८७।१९ प्रतिशत पुगेको छ। गत वर्ष सोही समयमा कृषि विकास बैंकको सीडी रेसियो ९२।५१ प्रतिशत पुगेको थियो।

त्यसैगरी ग्लोबल आईएमई बैंकको सीडी रेसियो ८७।१७ प्रतिशत, सानिमा बैंक ८२।२९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७९।१५ प्रतिशत, प्राइम कमर्सियल, सिद्धार्थ बैंकको ८०।८१ प्रतिशत र कुमारी बैंकको सीडी रेसियो ८९।६९ प्रतिशत छ।

साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८७।०५ प्रतिशत, प्रभु बैंकको ८४।८० प्रतिशत, सनराइज बैंक ८७।१० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८२।०८ प्रतिशत, लक्ष्मी बैंकको ८५।३६ प्रतिशत, माछापुच्छ्रे बैंकको ८१।८७ प्रतिशत, हिमालयन बैंकको ९०।५० प्रतिशत प्रतिशत, सिटिजन्स बैंकको ८६।८६ प्रतिशत, एनएमबि बैंकको ८७।०८ प्रतिशत, एनआईसी एसिया बैंकको ८४।८५ प्रतिशत, नेपाल एसबीआई बैंकको ८१।३७ प्रतिशत, नबिल बैंकको ८७।६८ प्रतिशत, नेपाल बैंकको ७७।८४ प्रतिशत र एभरेष्टको ८६।८२ सीडी रेसियो रहेको छ।

नेपाल बैंकलाई कर्जा लगानीमा सहज
यतिबेला नेपाल बैंकलाई कर्जा लगानी अवस्था सहज छ। बैंकको सीडी रेसियो ८० प्रतिशत कम हुँदा बैंकलाई कर्जा लगानी सहज भएको छ। दोस्रो त्रैमासिकमा बैंकको सीडी रेसियो ७७।७४ प्रतिशत छ।

सञ्चालनमा रहेका २१ बैंकहरुमध्ये नेपाल बैंकको सीडी रेसियो न्यून हुँदा कर्जा लगानी क्षमता सबैभन्दा धेरै देखिएको छ।

नेपाल बैंकका प्रमुख प्रशासकीय अधिकृत प्रकाशकुमार अधिकारी नेपाल बैंक ऋण दिनसक्ने अवस्थामा रहेको बताउँछन्।

पछिल्लो समय बैंक निक्षेप संकलनमा तीव्रता दिँदा अहिले कर्जा लगानी अवस्था सहज भएको उनको भनाइ छ।

‘यो त्रैमासिकमा नेपाल बैंकको खराब कर्जा बढ्दा प्रोभिजन बढ्न गयो’, उनले भने, ‘यो सुधारको क्रममा छ, अन्तिम त्रैमासिकमा खराब कर्जा समेत घट्दै जानेछ।’

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश कुमार श्रेष्ठले अधिकांश बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताए।
कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० ९० प्रतिशतसम्म हुँदासम्म कर्जा प्रवाह गर्न पाउने उल्लेख गर्छन्।

तर आर्थिक वर्ष २०७९र०८० को तेस्रो त्रैमासिकमा अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत नजिक रहेको बताए।

‘साथै अधिकांश बैंकहरुको क्यापिटल एडुकेसी रेसियो ९पुँजी पर्याप्तता अनुपात, सीएआर० समेत कसिलो छ’, उनले भने।

एकातिर अधिकांश बैंकको सीडी रेसियो नै ९० प्रतिशत हाराहारीमा छ भने त्यसमा प्राथमिक पुँजी कोष अनुपात कसिलो हुँदा कर्जा प्रवाह सक्ने अवस्था नरहने उनको भनाइ छ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ५२ बजे