३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

ठूलाठूला गफ हाँक्नेहरूका असलियत के हो देखिराखेका छौंः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितीलाई रोक्नका लागि सरकारले कठोर कदम चालेको बताएका छन्।

उनले मंगलबारको मन्त्रिपरिषद बैठकका निर्णय गहिरो भएको पनि बताए।मन्त्रिपरिषदको बैठकले राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछने गृहमन्त्री हुँदा फास्ट ट्र्याकबाट एड्भान्टेज इन्टरनेसनल प्रालिलाई राष्ट्रिय परिचयपत्रका विवरण रूजु गर्ने जिम्मा दिने निर्णय गरेका थिए।

यो निर्णयप्रति लक्षित गर्दै बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले हेर्नुभयो भने भ्रष्टाचार र बेथितीलाई रोक्नका लागि केही कठोर कदम चालिएको छ। म अहिले व्याख्या गर्दिनँ।

हिजोको मात्रै क्याबिनेटको निर्णय तपाईंहरूले हेर्नुहोला। कुरो गहिरो छ। कुरो धेरै गहिरो छ।’ उनले सुशासनका क्षेत्रमा पनि सरकारले काम गरिरहेको बताए।

‘ठूलाठूला गफ हाँक्नेहरूको असलीयत के हो भन्नेकुरा हामीले देखिराखेका छौं। सुशासनका क्षेत्रमा पनि प्रशासनमा सुधारका लागि सरकारले गम्भीर कदम चालेको छ,’ उनले भने।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ४४ बजे