३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मुख्य खबर

होटलमा अन्तर्राष्ट्रिय ब्रान्डः हजारौँलाई रोजगारी दिने गरी भित्रिँदैछन् यस्ता होटल



काठमाडौँ । पछिल्लो समय नेपालका ठूला होटलमा अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउने क्रम बढेको छ। धेरै लगानीका होटलको व्यवस्थापनमा ख्यातीप्राप्त विदेशी चेन [सञ्जाल] होटल ब्रान्डको उल्लेख्य उपस्थिति देखिन थालेको हो।

विशेषगरी तारे र बुटिक होटलका साथै रिसोर्टमा विदेशी चेन होटल भित्रिएका छन्। विश्वका प्रसिद्ध ब्रान्डको प्रवेश र व्यवस्थापनसँगै यहाँका होटलको ब्रान्डिङ राम्रो हुने व्यवसायीहरू बताउँछन्।

होटल संघ नेपाल ९हान० का अनुसार हाल मुलुकभर एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय चेनले थुप्रै होटल व्यवस्थापन गरिरहेका छन्। सुकेधारामा निर्माण भइरहेको द मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडले ुएकोर ग्रुपु भित्र्याएको छ। यो ग्रुप व्यवसायी देशबन्धु बस्नेतले भित्र्याएका हुन्। द मेट्रोपोलिटनलाई एकोर समूहले ुमर्क्युरु ब्रान्ड नाममा सञ्चालनमा ल्याउनेछ।

बस्नेतका अनुसार एकोरले एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका सय बढी देशमा पाँच हजार तीन सयभन्दा धेरै होटल व्यवस्थापन हेरिरहेको छ। मर्क्युरले नेपालमा भने पहिलोपटक होटल व्यवस्थापन सम्हाल्न लागेको हो।

एक सय पाँच वटा कोठासहितको पाँचतारे द मेट्रोपोलिटन होटल सन् २०२३ भित्रै सञ्चालनमा आउने तयारीका साथ काम भइरहेको छ। त्यस्तै सौराहाको पाँचतारे लक्जरी रिसोर्टको व्यवस्थापन रोयल टुलिपु ले गर्ने भएको छ। यो होटलका सञ्चालक रामेश्वर शाह हुन्। उनका अनुसार रोयल टुलिप पनि नेपालमा पहिलोपटक भित्रिएको हो।

रोयल टुलिप लुभ्र ग्रुपअन्तर्गतको एक ब्रान्ड हो। लुभ्र ग्रुप संसारकै होटल सञ्चालकमध्ये पाँचौं ठूलो मानिन्छ। युरोपको प्रतिष्ठित यो ब्रान्डमा ११ स्तरका होटल छन्। तीमध्ये पाँचतारे स्तरको होटल रोयल टुलिप हो।

ब्रान्डले होटलको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने सञ्चालक शाह बताउँछन्। ुलुभ्र होटल्स अन्तर्गतको रोयल टुलिप हामीले ल्याएका छौं। यसले युरोपका एक हजार ६ सयभन्दा बढी होटल सम्हालिरहेको छ,ु शाहले भने, ुयो ब्रान्डले रिसोर्ट व्यवस्थापन गर्दा हस्पिटालिटी, सेवासुविधा, गुणस्तरको सुनिश्चितता हुन्छ।ु

त्यस्तै विश्वभर होटल सम्हालिरहेका ब्रान्ड ल्याउँदा ब्रान्डमार्फत नै होटलको प्रवर्द्धन हुने उनले बताए।ुविदेशी चेन होटलले विश्वमै हामी नेपालमा पनि छौं भनेर प्रचार गरिदिन्छन्। ब्रान्डले नै मार्केटिङ गर्छ, उनले भने।

काभ्रेपलाञ्चोकको धुलिखेलमा पौने दुई अर्ब लगानीमा पाँचतारे ुदुसित थानी रिसोर्टु सञ्चालनको अन्तिम तयारीमा छ। थाइल्यान्डको हस्पिटालिटी ग्रुप दुसित थानीको ब्रान्डमा रिसोर्ट व्यवस्थापन तथा सञ्चालन हुनेछ। ओम्स्टोन एसिया क्यापिटल ९नेपाल० प्रालि ९ओएसिपिएल० ले उक्त रिसोर्टमा लगानी गरेको छ। ओएसिपिएलका प्रमुख लगानीकर्ता विष्णु मोर हुन्।

धुलिखेलमा रिसोर्ट निर्माण गर्न मोरले नेपालका रमेश हमाललाई साझेदार बनाएका छन्। दुसित थानी थाइल्यान्डमा निकै चर्चित ब्रान्ड हो। यसको चेन होटलहरू दुबई, भारत, माल्दिभ्स लगायत देशहरूमा सञ्चालित छन्।

प्रदेश १ को राजधानी विराटनगरमा पाँचतारे होटल र्‍याडिसन निर्माण भइरहेको छ। सेन्चुरी ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ुसेन्चुरियन होटलु ले उक्त ब्रान्ड भित्र्याएको हो। काठमाडौंको होटल र्‍याडिसन व्यवस्थापन गर्दै आएको समूहले नै उक्त होटल सम्हाल्नेछ।

शंकर ग्रुपले काठमाडौं नक्सालमा पाँचतारे होटल ुहिल्टन डबल ट्रीु निर्माण गरिरहेको छ। जगदम्बा हस्पिटालिटी ग्रुप प्रालिले निर्माण गरिरहेको हिल्टन डबल ट्री अन्तर्राष्ट्रिय होटल चेन ुहिल्टनु को व्यवस्थापनमा सञ्चालन हुनेछ।

नेपालमा अन्तर्राष्ट्रिय होटल चेनको प्रवेश सन् १९६० को अन्त्यतिरबाट भएको हो। पहिलो पटक सोल्टी होटल लिमिटेडले भारतको ओबराय होटललाई भित्र्याएको थियो। लामो समयसम्म ओबरायसँग आवद्ध सोल्टी सन् १९९८ मा अर्को अन्तर्राष्ट्रिय चेन ुक्राउन प्लाजाु सँग जोडियो। हाल सोल्टीले आफैं होटलको व्यवस्थापन गर्दै आइरहेको छ।

सन् १९९० पछि अरू होटल चेनहरू थपिँदै आएका हुन्। मेरियट, ताज, अलफ्ट, शेराटन, फेयरफिल्ड, हायात, फ्रेन, स्विस, क्राउन लगायत अरू अन्तर्राष्ट्रिय होटल व्यवस्थापनका ब्रान्डहरू पनि नेपालमा छन्।

एमएस ग्रुपको लगानीमा काठमाडौं ठमेलमा अन्तर्राष्ट्रिय चेन होटल फेयरफिल्ड बाइ मेरियट सञ्चालनमा छ। २०७४ सालबाट सुरू भएको फेयरफिल्ड मेरियट तीनतारे होटल हो।

नक्सालमा पाँचतारे काठमाडौं मेरियट सञ्चालनमा छ। ठमेलको छायादेवी कम्प्लेक्समा पनि मेरियटले ुअलफ्टु नाममा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ।

त्यस्तै चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुर झम्सिखेलमा ताजको भिभान्ता सञ्चालनमा छ।

यसरी संसारभरि नै सञ्जाल भएका यी होटलले पछिल्लो समय संघीय राजधानी काठमाडौंसँगै बाहिर पनि चेन विस्तार गरिरहेका छन्। यीमध्ये केहीमा विदेशी लगानी छ भने केही फ्रेन्चाइजका रूपमा नेपाल भित्रिएका हुन्।

मुलुकभर सञ्चालित होटलहरूमा कतिवटा विदेशी चेन छन् भन्ने यकिन तथ्यांक भने सम्बन्धित निकायसँग छैन। होटल संघ नेपाल ९हान० ले आफ्ना सदस्यले सञ्चालन गरेको होटलहरूबारे तथ्यांक राख्छ। हालसम्म हानमा मुलुकभर चार हजार सदस्य जोडिएका छन्।

हानसँग भएको तथ्यांकअनुसार हाल मुलुकभर ११ वटा विदेशी चेन मात्र भित्रिएका छन्।

संघका महासचिव साजन शाक्य हस्पिटालिटी क्षेत्रमा ब्रान्ड भित्रिँदा ब्रान्ड मात्र नभई सेवा प्रणाली र व्यवस्थापन उत्कृष्ट र चुस्त हुने बताउँछन्।

ुराम्रो व्यवस्थापन भित्रिँदा नेपाली होटलको व्यवस्थापनका साथै सेवामा समेत सकारात्मक प्रभाव पार्छ,ु उनले भने, ुसम्बन्धित मुलुकका पर्यटकहरू नेपाल आउँदा सोही होटल खोजेर बस्छन्। यो मार्केटिङको प्लस प्वाइन्ट पनि हो।ु

होटलमा विदेशी चेन हुँदा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको हानका प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन्।

उनका अनुसार चेन ब्रान्डले विशेष होटलको ब्रान्डिङ गर्छन्।

ुपर्यटकले आफ्नो रूचिअनुसारको हस्पिटालिटी लिन पाउँछन्। विभिन्न मुलुकमा जुन ब्रान्डको होटलमा बसेका हुन्छन्, त्यही होटलमा नेपालमा पनि बस्न पाउने सुविधा हुन्छ,ु उनी भन्छन्, ुत्यो नै चेन ब्रान्डको विशेषता हो।ु

यसरी चेन ब्रान्डले होटल व्यवस्थापन गर्दा ती होटलमा पर्यटक आगमन केही वृद्धि हुने पनि उनले बताए।

उनका अनुसार होटल व्यवस्थापनका लागि चेन भित्र्याउन होटलले केही मापदण्ड पूरा गर्नुपर्छ। यस्तो मापदण्ड ब्रान्डअनुसार फरक हुन्छ। दुई पक्ष ९स्वदेशी र विदेशी० बीच सहमति भएपछि मात्र व्यवस्थापनमा विदेशी ब्रान्डले हात हाल्छन्।

एउटा अन्तर्राष्ट्रिय होटलको चेन भित्रिँदा सोही व्यवस्थापनअनुसार आफ्नो क्षमता विकास गराउने अवसर पनि हुने शाह बताउँछन्। हस्पिटालिटीका लागि ठूलो संख्यामा जनशक्ति चाहिने भएकाले रोजगारी पनि सिर्जना हुन्छ।

ुएउटा ठूलो होटल खुल्दै गर्दा सयभन्दा बढीले रोजगारी पाउँछन्। ती सबै कर्मचारीहरू विदेशबाट ल्याउन सम्भव हुँदैन,ु उनले भने, ुत्यसकारण एउटा अन्तर्राष्ट्रिय होटलको व्यवस्थापनअनुसार क्षमता विकास गराउने अवसर हुनेछ।

विदेशी ब्रान्डले सम्हालेका होटल केही महँगा भने हुन्छन्। सामान्यतया यस्ता होटलमा ५ देखि १५ प्रतिशत शुल्क बढी हुने व्यवसायीहरूको भनाइ छ। त्यस्तै यसरी नेपालमा होटल व्यवस्थापन गरेवापत वार्षिक धेरै रकम विदेशिने पनि गरेको छ।

पर्यटन विभागको तथ्यांकअनुसार हाल मुलुकभर १७३ वटा तारे होटल छन्। यिनमा पन्ध्र हजार ७७१ वटा बेड छन्। पाँचतारे डिलक्स एउटा, पाँचतारे १७, चारतारे ३२, तीनतारे ३६, दुईतारे ४८ र एकतारे ३९ वटा होटल पर्यटन विभागमा दर्ता छन्। यीमध्ये ८७ वटा काठमाडौं उपत्यकाभित्र छन् भने अरू १७३ वटा बाहिर छन्।

त्यस्तै पाँचवटा लक्जरी र डिलक्स बुटिक होटल दर्ता विभागमा भएका छन्। योसँगै साधारण रिसोर्ट ११३ वटा, डिलक्स रिसोर्ट ३ वटा र लक्जरी रिसोर्ट २ वटा दर्ता भएका छन्। २०७९ माघ मसान्तसम्मको तथ्यांकअनुसार देशभरका बुटिक र रिसोर्टमा पाँच हजार २८९ बेड छन्। सेतोपाटी

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ३७ बजे