३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना



काठमाडौँ । आज देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ। यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली ९आकाशमा बादल० रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार थोरै स्थान भन्नाले १० देखि ३० प्रतिशत ठाउँमा भन्ने बुझ्नुपर्छ भने एक–दुई स्थानमा भन्नाले १० प्रतिशत ठाउँमा मात्र वर्षाको सम्भावना रहेको बुझ्नुपर्छ।

‘यस हिसाबले आज दिउँसो तुलनात्मक रूपमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना अलि बढी छ भने बाँकी प्रदेशमा वर्षाको सम्भावना कम छ’, मौसमविद् शाक्यले भनिन्।

यस्तै देशका बाँकी ९सुदूरपश्चिम र कर्णालीबाहेक० प्रदेशका पहाडी भेगका एक–दुई स्थान भन्नाले जुनसुकै प्रदेशका कुनै ठाउँमा पानी पर्नसक्छ भन्ने बुझ्नुपर्छ। ‘तर यसमा वर्षाको अलि बढी सम्भावना कोशी प्रदेशको पहाडी भेगमा देखिएको छ’, मौसमविद् शाक्यले भनिन्।

उनका अनुसार आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना कम छ। ‘बदली ९आकाशमा बाद० को सम्भावना भने छ’, उनले भनिन्।

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति देशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ। यसबाहेक राति देशका पहाडी भेगमा आंशिक बदली ९थोरै आकाशमा बाद० रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने छ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : ०२ बजे