३० भाद्र २०८१, आइतबार | Sun Sep 15 2024

दुई आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकियो



काठमाडौं । युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा दुई आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकिएको छ । खेलको अन्त्यतिर आत्मघाती गोल गरेपछि म्यानचेष्टर युनाइटेड सेभियासँग २–२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफमै दुई गोलको अग्रता बनाएको युनाइटेडले अन्तिम ६ मिनेटमा दुई आत्मघाती गोल उपहार दिएको थियो ।

युनाइटेडका लागि मार्सेल सबतिजरले १४औं र २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

सेभियाका लागि पनि युनाइटेडले नै गोल गरिदियो । ८४औं मिनेटमा टारेल मलमासिया र इन्जुरी टाइममा ह्यारी मगुएरेले आत्मघाती गोल गरेपछि सेभियाले पहिलो लेग बराबरी गर्न सफल भयो ।

दोस्रो लेग अप्रिल २० मा सेभियाको मैदानमा हुनेछ ।

इटालियन क्लब युभेन्ट्लसे भने पहिलो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीलाई १–० ले हरायो । युभेन्ट्सका लागि लागि मैदान फेडेरिको गाट्टीले गोल गरे ।

अर्को इटालियन क्लब रोमा भने डच क्लब फेयेनुर्डसँग १–० ले पराजित भयो । फेइनुर्डका लागि म्याट्स विफरले गोल गरे । त्यसअघि रोमाका लरेन्जो पेलेग्रिनीले पेनालटीले गोल गर्न असफल भएका थिए ।

अर्को खेलमा जर्मन क्लब बायर लेभरकुजन र बेल्जियन क्लब युनियल एसटी जिलोइसले १–१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : २७ बजे