३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

आज नयाँ वर्षका दिन मौसम कस्तो रहला ?



काठमाडौँ । स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावले हाल शुक्रबार बिहान देशका पहाडी भेगमा आंशिक बदली ९थोरै आकाशमा बादल० रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज दिनभर देशभर मौसम आंशिक बदलीको अवस्थामा रहनेछ।

‘दिउँसो पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षा हुने सम्भावना छ’, मौसमविद् लामिछानेले शुक्रबार बिहान भने, ‘यसमा पनि खासगरी गण्डकी र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना अलि बढी देखिन्छ।’

उनका अनुसार देशका पहाडी भेगका एकरदुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको खासै त्यस्तो धेरै पानी पर्ने सम्भावना होइन।

आज राति भने कतै वर्षाको सम्भावना नदेखिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाको बिहानी बुलेटिनअनुसार राति देशभर मौसम आंशिक बदली रहने छ।

यस हिसाबले आज नयाँ वर्ष २०८० साल मनाउन मौसमले साथ दिने देखिन्छ।

लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना
मौसमविद् लामिछानेका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी आउने सम्भावना छ। ‘नर्मलभन्दा अलि ठूलै हावाहुरीको सम्भावना छ’, उनले भने।

काठमाडौँ उपत्यकाको मौसम कस्तो रहला ?
मौसमविद् रोजन लामिछानेका अनुसार आज आकाशमा अलि अलि बादल ९आंशिक बदली० देखिए पनि काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा नै रहने देखिन्छ। आजलाई काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छैन।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : १२ बजे