१ आश्विन २०८१, मंगलबार | Wed Sep 18 2024

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गरे शपथग्रहण



काठमाडौँ । चन्द्र ढकाल आधिकारिक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका छन्।

महासंघको ५७औँ वार्षिक साधारणसभा र निर्वाचन सकिएलगत्तै अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद हस्तान्तरण गरेका हुन्।

सोसँगै गोल्छासँग ढकालले अध्यक्षको पद तथा गोपनीयताका शपथ लिएका छन्। शपथपछि महासंघको अध्यक्षमा चन्द्र ढकालले आजबाट औपचारिक जिम्मेवारी लिएका छन्।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : २३ बजे