२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

महासंघको वरिष्ठ उपाध्यक्षका लागि ४ देखि ७ बजेसम्म मतदान हुने



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ४ देखि ७ बजेसम्म मतदान हुने भएको छ। सहमतिको प्रयास विफल भएपछि ४ बजेदेखि मतदान हुने भएको हो।

महासंघ निर्वाचन समितिले यसअघि २ बजे हुने सूचना जारी गरेकामा फेरि अर्को सूचना जारी गरेको थियो।

वरिष्ठ उपाध्यक्षमा उठेका कसैले पनि ५० प्रतिशत मत नपाएपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो।

५० प्रतिशत मत नपाएपछि सहमतिको प्रयास भएको थियो। यद्यपि उक्त प्रयास सफल हुन सकेन।

आजै साँझ ७ बजेपछि लगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।

पहिलो चरणको चुनावबाट रामचन्द्र संघाई बाहिरिसकेका छन् भने अब प्रतिस्पर्धामा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठमात्रै छन्।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ४ : ०५ बजे