२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

मुख्य खबर

झन् आक्रामक मेयर बालेन, भने-१४ माग पूरा नगरेसम्म सिंहदरबारको फोहोर उठ्दैन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफूले उठाएका १४ बुँदे माग पूरा नभएसम्म सिंहदरबारदेखि शीतल निवाससम्मको फोहोर नउठाउने अडान लिएका छन्।

संघीय सरकार मन्त्रिपरिषद्को बैठकले साहका गतिविधिलाई अराजक भन्दै सचेत गराउने निर्णय गरेको भोलिपल्ट मेयर साहले आफ्ना मागबारे वार्ता नभएसम्म फोहोर नउठाउने अडान कायमै राखेका हुन्।

महानगर प्रमुख साहले सोमबार अघि सारेका १४ बुँदे मागबारे संघीय सरकार वार्तामा आएर पूरा गर्न तयार नभएसम्म सिंहदरबारको फोहोर नउठाउने निर्णयबाट पछि हट्न नसकिने वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले नेपालखबरसँग बताए।

यो तस्बिरसहित मेयर बालेन्द्रले दिए सिंहदरबारको फोहोर नउठाउनाका १४ कारण
महानगरले उठाएका १४ बुँदे मागबारे संघीय सरकार वार्तामा आउनुपर्छ भन्ने हाम्रो अडान हो। ती मागलाई सम्बोधन गर्न तयार नभएसम्म संघीय सरकार अन्तर्गतका तीनै ठाउँको फोहोर नउठाउने निर्णय यथावत छु, मेयर साहको भनाइबारे उनले भने, संघीय सरकारको असहयोगका कारण महानगरले काम गर्न कठिनाइ भएको छ। ती १४ कारण सम्बोधन भएपछि फोहोर उठ्छ।

वडाअध्यक्ष तण्डुकारले सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालयको फोहोर नउठे पनि सर्वसाधारणको नरोकिएको बताए।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : १७ बजे