२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

नेपाल उद्योग वाणिज्य महासंघमा मतदान सकियो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा भएको निर्वाचनको मतदान सकिएको छ ।

निर्वाचन प्रमुख लिलामणि पौडेलका अनुसार महासंघमा वस्तुगत, जिल्ला नगर र एसोसिएटतर्फको मतदान सकिएको छ । पौडेलका अनुसार राति ८ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

जिल्ला नगर र वस्तुगतर्फत शतप्रतिशत मत खसेको छ भने एसोसिएटमा १५ मत नखसेको उनले बताए । कुल १ हजार ६६४ मध्ये १ हजार ६४९ मत मात्र खसेको छ ।

महासंघमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि मतदान भएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : १५ बजे