८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दुग्ध विकास संस्थानको कामप्रति कृषिमन्त्री भुसालको चासो, दिए यस्तो निर्देशन



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले दुग्ध विकास संस्थानको मंगलबार स्थलगत निरिक्षण गरेका छन् ।

निरिक्षणको क्रममा मन्त्री भुसालले दुग्ध विकास संस्थानले गरेका कामहरु प्रति चासो व्यक्त गरेका थिए ।

निरिक्षण पछि पदाधिकारी र कर्मचारीलाई निर्देशन दिदै मन्त्री भुसालले तत्काल संस्थानमा देखिएका कमिकमजोरी हटाउन निर्देशन दिए ।

संस्थानलाई किसानको भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उनको निर्देशनछ ।

पछिल्लो समय संस्थान निरन्तर घाटामा गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री भुसालले किन यस्तो भएको तत्काल जवाफ दिन निर्देशनसमेत दिए ।

‘प्राइभेट डेरीहरु नाफामा जाने, सरकारी संस्थान निरन्तर घाटामा जाने किन यस्तो भएको छ, मन्त्री भुसालले प्रश्न गर्दै भने ‘प्राइभेट डेरीसंग प्रतिस्पर्धा गर्ने गरी काम गर्नुस् ।’

संस्थान पछिल्लो समय निरन्तर घाटामा गएको तथ्याङ्क छ । पाँच बर्ष अगाडी नाफामा गएको संस्थान अहिले किन घाटामा गइरहेको छ, मन्त्री भुसालको प्रश्न छ ।

उनले तत्काल आर्थिक र प्राविधिक योजना पेश गर्न संस्थानलाई निर्देशन दिएका छन् । दुग्ध विकास संस्थान अपरिहार्य रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाउनुपर्नेमा मन्त्री भुसालले जोड दिए । साथै संस्थानले दुधका परिकारलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

संस्थान २ सय २० लिटर दुध लिन ३ सय ५० किलोमिटरको दुरीमा जाने गरेको समेत पाइएको छ । यो किन भइरहेको हो, यसको जवाफ दिन उनले निर्देशन दिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : २७ बजे