३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अडियो प्रकरणपछि निलम्बित सांसद श्रेष्ठलाई रास्वपाको ३ दिने अल्टिमेटम



काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ । सांसद श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गर्दै स्पष्टीकरण सोधेको हो ।

यस घटनाप्रति रास्वपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै यसबारे छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिबेदन बुझाउन पनि केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।
महामन्त्री मुकुल ढकालको हस्ताक्षरमा सार्वजनिक विज्ञप्तिमा भनिएको छ,ुडा श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।

आइतबार सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि व्यवसायी प्रसाईँसँग रकम मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् । श्रेष्ठले तीन जनाको टोलीमार्फत् सभापति रवि लामिछानेलाई रकम बुझाउनुपर्ने भन्दै व्यवसायी प्रसाईँसँग २ करोड रकम मागेको उक्त अडियोमा सुनिन्छ । हालका लागि १ करोड मात्रै भए पनि हुने र त्यसवापत मन्त्री भएपछि प्रसाईँको काम आफूले गरिदिने श्रेष्ठले आश्वासन दिएको अडियो वार्तामा सुनिन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : १६ बजे