३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

आज पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना



काठमाण्डौँ । आज (आइतबार) देशका पहाडी भेगमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र देशका बाँकी प्रदेशको पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ। यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

महाशाखाको बुलेटिनअनुसार राति भने कतै वर्षाको सम्भावना छैन। राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावनारु
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छैन। ‘आंशिक बदली ९थोरै आकाशमा बादल० भने छ’, उनले भने।

यसैबीच आज बिहान ५स्४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस छ। यो अहिले बिहान ८स्४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ३४ बजे