३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

 वाणगंगा अटो ट्रेडर्स: कम्पनीकाे टार्गेट पुरा गर्दै १५ जनालाई राेेेजगारी



वाणगंगा । कपिलवस्तुको वाणगंगा अटो ट्रेडर्सले कम्पनीको टार्गेट (लक्ष्य) पुरा गरेको छ ।

शत प्रतिशत लक्ष्य प्राप्त गरेको वाणगंगा अटो ट्रेडर्सले एक कार्यक्रमको आयोजना गरी आफनो कर्मचारी टिम बिच खुशीयाली मनाएको हो । यसवर्ष टिभिएस ब्राण्डका मोटरसाईकल र स्कुटर विक्री गरेर लक्ष्य हासिल गरेकोमा कम्पनीले केक काटेर खुशीयाली मनाएको हो ।

पछिल्लो समय बजारमा मन्दी आइरहेका बेला टिभिएस कम्पनीले भने आफनो लक्ष्य अनुसार विक्री वितरण गरेर व्यवसायिक सफलता हात पारेको हो ।

उक्त सफलता हात पार्न ग्राहकको रोजाईमा परेको टिभिएस व्राण्डको आधिकारीक विक्रेता वाणगंगा अटो ट्रेडर्सका संचालकलाई कम्पनीले विशेष धन्यवाद प्रकट गरेको छ ।
वाणगंगा अटो ट्रेडर्सका संचालकहरुको मेहनत र विश्वासका आधारमा टिभिएस व्राण्डका सवारीसाधनहरु प्रति ग्राहकको आकर्षण बढेको छ ।

वाणगंगा १ बैरियामा विगत ५ वर्षदेखि संचालनमा आएको उक्त कम्पनीले छोटो अवधीमै बजारमा टिभिएस ब्राण्डलाई स्थापित गर्न सफल भएको छ । विभिन्न सामाजिक क्षेत्रमा आवद्ध युवाहरुको लगानी, सकृयता र मेहनतका कारण व्यवसायिक कारोवारमा सफलता मिलेको अध्यक्ष मनोज पौडेलले बताउनुभयो ।

निरन्तर यस क्षेत्रमा सामाजिक उत्तरदायित्व, व्यवसायिक सहकार्य र साझेदारी गर्दै आइरहेको कम्पनीले ग्राहकको मन जित्न सफल भएको एमडि मोहन न्यौपानेले बताउनुभयो । ग्राहकहरुको रोजाई र कम्पनी प्रतिको विश्वासले आफुहरु आगामी दिनमा पनि लक्ष्यमा पुग्ने एमडि न्यौपानेले दावी गर्नुभयो ।
स्वदेशमै रोजगार सिर्जना गरी व्यवसायिक कारोवार शुरु गरेको उक्त कम्पनीले देशकै आत्मनिर्भर अर्थतन्त्र सदृढ गर्ने लक्ष्यका साथ अघि बढेको संचालक शंकर विसिले बताउनुभयो । १५ जनालाई प्रत्यक्ष र अप्रत्यक्ष सयौं रोजगारी सिर्जना गरेको ट्रेडर्सले मोटरसाइकल, स्कुटी, अटो रिकसा र यसका पार्टस विक्री गर्दै आइरहेको छ । अटो मोवाईलको क्षेत्रमा राम्रो अनुभव हासिल भएकाले अविचलित रुपमा ग्राहकको रोजाईलाई पुरा गर्दै समय सापेक्ष व्यवसायिक कारोवारलाई प्रवर्धन गर्ने योजना रहेको संचालक झविन्द्र खनालले बताउनुभयो ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १० : २५ बजे