२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

जासुसीको आरोपमा रूसले नियन्त्रणमा लियो अमेरिकी पत्रकार



काठमाडौँ । रूसले जासुसीको अभियोगमा अमेरिकी एक पत्रकारलाई पक्राउ गरेको छ। द वाल स्ट्रिट जर्नल’ का लागि काम गर्ने इभान गेर्शकोविचलाई रूसमा पक्राउ गरिएको हो। अमेरिकाका लागि जासुसी गरिरहेको भन्दै रूसी प्रहरीले उनलाई मस्कोनजिकको सहरबाट पक्राउ गरेको हो।

पक्राउपछि उनलाई रूसी एक अदालतमा पेश गरिएको छ। रूसी कानूनअनुसार उनलाई २० वर्षसम्म कैद सजाय हुनसक्ने बीबीसीले जनाएको छ। उनीमाथि रूसी सेनाको गोप्य जानकारी संकलन गरी अमेरिकामा पेश गरिरेहको आरोप छ।

तर वाल स्ट्रीट जर्नलले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। जर्नलले गेर्शकोविच रूसलाई माया गर्ने व्यक्ति भएको र उनलाई गलत आरोप लगाइएको भन्दै खण्डन गरेको छ।

गेर्शकोविच जर्नलका लागि रूसमा रहेर काम गर्दै आएका थिए। उनी रूस(युक्रेन युद्धलाई नजिकबाट नियालिरहेका अनुभवी पत्रकार हुन्।

ह्वाइट हाउसले गिरफ्तारीको कडा निन्दा गरेको छ। अमेरिकी राष्ट्रपति जो बिडेनले गेर्शकोविचको रिहाइका लागि अनुरोध गरेका छन्।

पहिल्यैदेखि दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण रहेकाले कूटनीतिक वार्ता भने हुन सकेको छैन।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : ३७ बजे