२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कपिलवस्तु सामुदायिक अस्पतालले माग्यो ५ जना कर्मचारी



वाणगंगा । कपिलवस्तु सामुदायिक अस्पतालले बिभिन्न पदमा कर्मचारी माग गरेको छ । वडा नम्बर ४ जितपुरस्थित अस्पतालको स्वास्थय सेवालाई थप प्रभावकारी बनाउनको दक्ष कर्मचारी माग गरिएको हो ।

अस्पतालले जारी गरेको सुचना अनुसार बिएस्सी नर्स, रेडियोग्राफर, फार्मेसी सहायक पदमा एकएक जना र स्टाफ नसर्मा २ जना गरी ५ जना कर्मचारी माग गरिएको अध्यक्ष शिवचन्द्र आचार्यद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

इच्छुक ब्यक्तिले १५ दिनभित्र आफ्नो योग्यतासहित अस्पतालमा सम्पर्क गर्नुपर्ने छ । हेर्नुहोस् पुरा विवरण

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : २६ बजे