२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

र सुरु भयो एसईई



काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा [एसईई]    सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजे परीक्षाा सुरु भएको हो।

आज पहिलो दिन परीक्षार्थी अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा दिँदै छन्।

एसईईका लागि देशभर २ हजार ३६ र जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : १५ बजे