३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

यी ५ विद्यार्थी जसले कपिलवस्तुको ‘बालगृह’ बाट एसईई दिँदैछन्



कपिलवस्तु । यस वर्षको एसइई परीक्षा आजदेखिसुरु हुँदै छ । त्यसका लागि सबैजसो जिल्लामा परीक्षाको तयारी सकिएको छ । विहान ८ बजेदेखि परीक्षा सुरु भएको छ ।

यसैबिच एसईईमा कपिलवस्तुबाट यसपटक ८ हजार ६ सय ९९ विद्यार्थी सहभागि हुँदै छन् । त्यसमध्ये तौलिहवास्थित बालगृहबाट आज ५ जना विद्यार्थी एसईईमा सहभागि हुँदैछन् । कार्यालय प्रमुख रामप्रसाद अर्यालका अनुसार उनीहरुले बुद्धपद्मा माविबाट परीक्षा दिनेछन् ।

उनीहरुमधये ४ जना १७ बर्षका छन् भने १ जनाको अहिलेसम्म पुरा परिचय खुलेको छैन । जुम्लाका कविराज डाँडी, हेटौँडाका अभिषेक लामा, कपिलवस्तुका शिव हरिजन, रामेछापका रामेश्वर पाठक, र कुशल गुरुङ रहेका छन् । कुशल गुरुङको अझैसम्म ठेगाना र उमेर खुल्न सकेको छैन । आफूहरुको राम्रो तयारी रहेको भन्दै उत्कृष्ट ग्रेडकासाथ एसईई उत्तीर्ण हुने उनीहरुले हाम्रो रोजगारीलाई बताए ।

उनीहरुले धेरै पढेर आफ्नो घर र आबाबुलाई खोज्ने बताए । जुम्लाका कविराज डाँडीले भने ‘हाम्रो सबै ज्ञान आर्जन यहीँबाट भयो । धेरै पढ्ने इच्छा पनि छ । बुबाआमा र घर भेट्टाउन पाए कति खुसी हुने थियौँ ।’

उनीहरुले धेरै पढेर आफ्नो घर र आबाबुलाई खोज्ने बताए । कार्यालय प्रमुख अर्याल भन्छन् ‘निकै लगनशिल छन् बाबुहरु, राम्रो गर्छन् भन्ने आशा गरेका छौँ ।’

अहिलेसम्म बालगृहबाट ११० जनाले एसईई पास आउट गरिसकेको बताए । पास भएकाहरु अहिले अहिले अध्ययन र रोजगारीमा रहेको समेत अर्यालले सुनाए । विद्यार्थीहरुलाई कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले पनि बधाई र शुभकामना दिएका थिए ।

वैदेशिक अध्ययन र रोजगारीमा रहेर पनि कतिपय विद्यार्थीले बेलाबेलामा बालगृहलाई सहयोग गरिरहेको अर्यालले हाम्रो रोजगारीलाई बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ५२ बजे