३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

प्रगतिशिल पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा मोहन बेल्वासे



वाणगंगा । प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको अध्यक्षमा मोहन बेल्वासे चयन भएका छन् ।
शाखाको गोरुसिंगेमा संम्पन्न भेलाले बेल्वासेको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा शितल आचार्य, सचिवमा नारायण प्रसाद भट्टराई , सह सचिवमा दुर्गा भुषाल, कोषाध्यक्षमा विनोद परियार, सदस्यहरुमा नवराज पौडेल, रामु यादव, प्रकाश विक , रिसव आचार्य, राम प्रसाद आचार्य, श्रीजना खनाल, टिना अदै, माधव प्रसाद पौडेल लगाएत चयन भएका छन् ।

त्यसैगरि सल्लाहकारमा शशि सापकोटा, केरसिंह अदै, श्रीजना सुवेदी चुनिए । भेलाले आसन्न केन्द्रिय सम्मेलनका विषयमा विभिन्न जिम्मेवारी सहित परिचालनका लागि आर्थिक अभियान संचालन देखि पत्रकार महासंघमा भएका गैर पत्रकारका विषयमा छानविनको माग समेत गरेको छ ।

नव निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै प्रगतिशिल पत्रकार संघका केन्दिय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्यामलाल पोख्रेलले प्रगतिशिल पत्रकार संघले नेपाली संचार जगतमा एउटा बेग्लै ईतिहास बोकेको भन्दै, सामाजिक रुपान्तरण ,मिसन पत्रकारिता र राष्ट्रियताका सवालमा सदैव आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए ।

विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले पत्रकारहरु सत्य तथ्य र निश्पक्ष पत्रकारिता आजको आवश्यकता हुनुपर्ने भन्दै आवाज विहिनको आवाज लाई जोडतोडले उठाउनुपर्ने बताए । भेलाले आगामी कार्ययोजना तयार संचार सबलीकरण लगाएतका विषयमा जोड दिने र केन्दिय सम्मेलनको तयारीमा जुटने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ४७ बजे