३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

होटल तथा पर्यटन व्यवसायी संघद्धार घिमिरे नगदसहित सम्मानित



वाणगंगा । कपिलवस्तुलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका पत्रकार हरि घिमिरे नगदसहित सम्मानित भएका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले मंगलबार वाणगंगामा गरेको पहिलो साधारण सभा तथा अधिवेशनको क्रममा पत्रकार घिमिरेलाई नगद १० हजार र सम्मान पत्रले सम्मानित गरिएको हो ।

संघका प्रेस सल्लाहाकारसमेत रहेका घिमिरेले पत्रकारिताको माध्यमबाट समाज विकासमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको संघका अध्यक्ष रविन्द्र पौडेलले हाम्रो रोजगारीलाई बताए ।

उनलाई होटल तथा पर्यटन व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सदस्य तथा प्रमुख अतिथि भेषराज पाण्डे, वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल र संघका अध्यक्ष पौडेलले नगद, सम्मान पत्र र टिकाले सम्मानित गरेका थिए । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका घिमिरे नीजि रेडियोहरुको छाता सगठन (वान) का केन्द्रीय हुन् भने प्रेसपाटी लगायतका अनलाइनमा आवद्ध छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ३९ बजे