३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मुख्य समाचार

‘पाडापालन’मा वाणगंगा नगरले गरेको १७ लाख लगानी, वालुवामा पानी !

५२ ओटा पाडा पाले पनि अहिले त्यो संख्यामा छैनन्



बाणगंगा । कपिलवस्तुको बाणगंगामा अनुदानको रकमबाट पालिएको पाडाको कन्तविजोग देखिएको छ । बाणगंगा नगरपालिकाले दिएको अनुदान रकमबाट पालिएका पाडाको कन्तविजोग देखिएको हो ।

बाणगंगा ८ का केही व्यक्तिले उद्यमशिल सहकारी संस्था लिमिटेड दर्ता गरी व्यवसायिक पाडापालन थालेका थिए । पाडापालनका लागि बाणगंगा नगरपालिकाले रु १६ लाख ९६ हजार लगानी गरेको जनाइएको छ । तर यो लगानी उत्पादनमुलक हुन नसकेर बालुवामा पानी सरह भएको छ । वास्तविक किसानमाथि लगानी जगरेर झोले नेता र कार्यकर्ताको गोठमा अनुदान रकम दिँदा यस्तो अवस्था आएको स्थानीय बताउँछन् ।

हेर्नुहोस् कसरी भयो यस्तो ?

उद्यमशिल सहकारी संस्था लिमिटेड दर्ता गरी बाणगंगा ८ का केही व्यक्तिले व्यवसायिक पाडापालन थाले । पाडापालन गर्ने सहकारीको अध्यक्ष महेन्द्र ज्ञवाली हुन् भने, सचिवमा कृष्ण कुँवर छन् । सहकारीमा भोजराज थारु, जीवलाल कँडेल लगायतका व्यक्ति संलग्न छन् । उनीहरुलाई थाहा थियो यो व्यवसाय नौलो हो र यसमा नगरपालिकाले मनग्यै लगानी गर्दछ । नभन्दै नगरपालिकाले मोटै रकम लगानी पनि गर्यो । तर नगरले लगानी गरेका ती पाडाको अवस्था अहिले नाजुक छन् भने तिनको व्यवस्थापन हुन नसक्दा उल्टै किसानले दुख पाउने गरेका छन् ।

अर्थात् नगरपालिकाले गरेको मोटो रकम हात पारिसकेपछि ती संचालक अहिले पाडापालनमा गैरजिम्मेवार बनेको देखिन्छ ।
अवस्था हेर्दा पाडापालन नाम मात्रको छ । पाडालाई चाहिने आवश्यक आहारको कुनै बन्दोबस्तो भएको देखिदैन् । पाडा ख्याउटे अवस्थामा रहेका छन् भने खुलेयाम छाडा छाड्ने गरिएको छ । चरिचरणको बन्दोबस्तो नगरी पाडालाई छाडा छाड्दा किसानको खेतीपाती पाडाले सखाप पार्ने गरेका छन् ।

नजिकै रहेको नवप्रभात सामुदायिक वनको नर्सरीमा छाडा छाडिएका यी पाडाले बोटविरुवा खाएर हैरान पारेका छन् । छाडा छाडिएका पाडाको कारण नर्सरीमा लगाइएका बोटविरुवा बचाउन नसिकएको वनका कोषाध्यक्ष बाबुराम भण्डारीले बताए ।

पटकपटक फर्ममा पालेका पाडा नर्सरीमा आउने गरेको भण्डारी बताउँछन् । एकदुई पटक सामुदायिक वनले फर्म सन्चालकलाई जरिवाना समेत तिराएको थियो । तर जतिसुकै जरिवाना तिराए पनि पाडालाई नियन्त्रणमा लिएर व्यवस्थित चरिचरान गर्न फर्म सन्चालन लागिपरेका छैनन् ।

शुक्रवार मात्र एक हुल पाडा नर्सरीमा प्रवेश गरेका थिए । सामुदायिक वनले नियन्त्रणमा लिएर ती पाडालाई आफ्नो घाटघद्धीमा थुनेर राखेको थियो । आफ्ना पाडा लिन फर्म सन्चालकलाई पटकपटक बोलाउँदा समेत लिन नआएको सामुदायिक वनका पदाधिकरीले गुनासो गरे । तीन दिनसम्म पाडा लिन नआए पछि खैलाबैला मच्चिएको थियो ।

आइतवार साँझपख मात्र फर्म सन्चालन पाडा लिन आएको वनका कोषाध्यक्ष भण्डारीले मायादेवी अनलाइनलाई बताए ।

अनुदान रकमबाट पालिएका पाडाको अवस्था दयनिय छ । प्रयाप्त खान नपाउँदा अधिकांश पाडा ख्याउटे छन् । कतिको संख्यामा पाडा पालिएको थियो एकिन छैन् । सुरुवातमा सहकारीले ५२ ओटा पाडा पाले पनि अहिले त्यो संख्यामा पाडा नरहेको भन्दै गाउँलेले नगरलाई अनुगमन गर्न आग्रह गरेका छन् ।

फर्म सन्चालकले अनुदान रकम हत्याउनकै लागि पाडालाई जथाभावी छाड्ने गरिएको एक स्थानीयले बताए । पाडा हराएको र मरेको देखाउँन फर्म सन्चालकले यसो गरेको हुन सक्ने गाउँलेले आशंका गरेका छन् । पटकपटक पाडा लिन आउँदा फर्म सन्चालक नआउनुले पनि गैरजिम्मेवारीपनको अनुभूति हुने ती गाउँलेको भनाई छ ।

यता फर्म सन्चालकले पाडामा विषयमा कोही बोल्दा धम्कीको भाषा बोल्ने गरेका एक जना गाउँलेले गुनासो गरे । अनुदानको रकम सही सदुपयोग गर्न आग्रह गर्दा एक जना सन्चालकले धम्कीको भाषा बोलेको ती गाउँलेको गुनासो छ ।

यस विषयमा नगरपालिकाका पशु शाखा प्रमुख राजकुमार तिवारीसंग सम्पर्क गरेपनि सम्पर्क हुन् सकेन् ।

करिब १ ७ लाख हुनुपर्नेमा १ ८ लाख भएकाले हेड लाइन सच्याइएको ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १० : ३९ बजे