३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कपिलवस्तुका एक किराना ब्यापारीमाथि गाेली प्रहार, १७ लाख बढी लुटपाट



ताैलिहवा । कपिलवस्तुको मायादेबी गाउपालिकाको पकडी चाकर चौडा सडक अन्र्गत बिजुवा पुल नजिकै अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी एक किराना ब्यापारीको १७ लाख बढी लुटपाट गरी फरार भएका छन।

मायादेबी गाउपालिका– १ पकडीका किराना ब्यापारी रमेश अग्रहरीले चाकरचौडा स्थित आफनो राजीव किराना एन्ड जनरल स्टोर्सबाट गाडीमा फर्कनेक्रममा ४ वटा मोटरसाईलमा आएका अपराधिक समुहले गोली प्रहार गरी १७ लाख बढी रकम लुटेर लगेका हुन।

बिहीवार राति ८ बजेतिर लु ३ ख ६३१ नम्बरको फोर्स गाडीबाट फर्कनेक्रममा बिजुवा पुल नजिकै २ वटा गोली प्रहार भएको ब्यापारी अग्रहरीले बताए।गोली गाडीको बाेनटमा लागेको थियो।अपराधिक समुहले गोली प्रहार गरी गाडी रोकाएका थिए । ४ वटा मोटरसाईलक मध्ये दुई वटामा दुई दुई जना र दुई वटा मोटरसाईलमा एक एक जना सवार थिए।

अपराधिक समुह घटना पछि भारत तर्फ लागेका थिए।घटना बारे जानकारी गराए पछि प्रहरी उपरिक्षक प्रेम बस्नेत र सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायतको टोली घटना स्थल पुगको थियो।सुरक्षाकर्मीको टोलीले घटना स्थलको निरीक्षण समेत गरेको थियो।प्रहरी उपरिक्षक बस्नेतलले लुटेराहरुको खोजी  र सो रकम सहीत घटना अनुसंधान गरीरहेको बताए।घटना कै बिषयमा ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शिव क्षेत्रीको अगुवाईमा अनुसंधान टोली समेत गठन गरिएको छ । गाडी चालकलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरिएको छ । ३ महिना अघि समेत चाकरचौडामा एक ब्यापारीमाथी गोली प्रहार भएको थियो।पटक पकट को घटनाले चाकरचौडा क्षेत्र असुरक्षित बनेको त्यस क्षेत्रका ब्यापारीहरु बताउछन । उनीहरुले सुरक्षा स्थिति बजबुदत बनाई अपराधिक समुहलाई तत्कालै पक्राउ गर्न समेत माग गरे ।  प्रहरी उपरिक्षक बस्नेतले सिमावर्तीै क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा गरिएको बताए।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ३ : ३६ बजे